शनिबार, चैत ७, २०८२

आइएमई पे एप अब नेपाली भाषामा

मेरोन्यूज २०७९ पुष १७ गते १५:४८

काठमाडौँ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा नेपाली जनतालाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले यो विशेष सेवा थप गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

योसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीका लागि सार्वजनिक गरिएको छ ।

यस फिचरका लागि प्रयोगकर्ताहरूले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नु पर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्ने छ । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्ने छ ।

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सकिन्छ । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।

प्रतिक्रिया