खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न

काठमाडौँ । ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको निस्शुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सन्जय खड्गीले जानकारी दिए ।
उनले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको जनाए ।
खड्गी इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि निस् शुल्क शल्यक्रिया गर्दै आएको छ । हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।
यही पुस १४, १५ र १६ गते निस् शुल्क शल्यक्रिया शिविरको आयोजना गरेको थियो । सो शिविरमा २५ वर्षदेखि ८१ वर्ष सम्मका बिरामीले सेवा लिएका थिए । शिविरबाट सेवा लिएका बिरामीले आफूहरुले शल्यक्रिया मात्र नभएर औषधिसमेत निःशुल्क पाएको भन्दै चिकित्सक तथा इन्स्टिच्युटलाई धन्यवाद दिएका थिए ।
शिविरमा आएका बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निस् शुल्क गरिएको थियो । साथै फलोअप जाँचसमेत निःशुल्क हुने डा. खड्गीले बताए ।
पत्थरी शल्यक्रियामा मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो ।
डा. खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरिने बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया