खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न

काठमाडौँ । ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको निस्शुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सन्जय खड्गीले जानकारी दिए ।
उनले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको जनाए ।
खड्गी इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि निस् शुल्क शल्यक्रिया गर्दै आएको छ । हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।
यही पुस १४, १५ र १६ गते निस् शुल्क शल्यक्रिया शिविरको आयोजना गरेको थियो । सो शिविरमा २५ वर्षदेखि ८१ वर्ष सम्मका बिरामीले सेवा लिएका थिए । शिविरबाट सेवा लिएका बिरामीले आफूहरुले शल्यक्रिया मात्र नभएर औषधिसमेत निःशुल्क पाएको भन्दै चिकित्सक तथा इन्स्टिच्युटलाई धन्यवाद दिएका थिए ।
शिविरमा आएका बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निस् शुल्क गरिएको थियो । साथै फलोअप जाँचसमेत निःशुल्क हुने डा. खड्गीले बताए ।
पत्थरी शल्यक्रियामा मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो ।
डा. खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरिने बताए ।
















आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
आज शुक्रबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया