बिहीबार, माघ १५, २०८२

आगलागी परी निर्वतमान वडाध्यक्षको मृत्यु

मेरोन्यूज २०७९ पुष १८ गते ८:४७

काठमाडौँ । कास्कीको मादी गाउँपालिका १ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र फेला परेको हो ।

सुरजकुमार विं.सं. ०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्दै आएका थिए ।

उनका छोरा÷बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएको थियो । के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया