शनिबार, चैत ७, २०८२

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना

मेरोन्यूज २०७९ पुष १८ गते २१:०४

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ।

यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकै साथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा- झापा, मधेश प्रदेशको मिर्चैया शाखा- सिरहा, बागमती प्रदेशको कान्तिपथ शाखा- काठमाडौं, बागमती प्रदेशको भरतपुर शाखा- चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा- पोखरा, लुम्बिनी प्रदेशको घोराही शाखा- दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा- वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा- कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। 

देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरूबाट २४२ लिटर रगत दान गरिएको छ बैंकले जनाएको छ।

प्रतिक्रिया