अब गाउँमै आँखाको शल्यक्रिया
भोजपुर । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ ।
भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रले दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन ग¥यो । सो शिविरमा ४२ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरुले वर्षोंदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । चौरासी वर्षीया पवित्रा विष्टले आँँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए । गाउँमै उपचार पाएपछि उनले भनिन्, “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।” उहाँ मात्र होइन सोही शिविरमा स्थानीय ८६ वर्षका रामबहादुर विकले पनि शल्यक्रिया गरे। उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छिन् ।
ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहुदाँ बषौँ देखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए । आमचोकका ८२ वर्षीय गोरमान राई आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहनुभएको थियो तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने बताए
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, सङ्घका संस्थापक जिल्ला सभापति तेज मोक्तानले भने ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकासँग समन्वय गरी आँखा शिविर सञ्चालन हँुँदै आएको मोक्तानले जानकारी दिनुभयो । दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालखामा सञ्चालन भएको दुईदिने आँखा शिविरमा चार सयले उपचार पाएका छन् ।
दातृ संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा सुमित मिश्र लगायतको टोलीले शल्यक्र्रिया गरेको थियो । शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि आजदेखि सुरु भएको छ । रासस















प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया