बिहीबार, माघ १५, २०८२

आफ्नो जन्म मिति कीर्ते गर्ने उपरथी शाही नियन्त्रणमा

मेरोन्यूज २०७९ पुष १९ गते १५:०८

काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि नै बिदामा बसेका उनले यही २० गतेदेखि अवकाशमा पाउने भएका थिए ।

उनको अवकाश हुने अवस्थामा सैनिक मुख्यालय जङ्गी अड्डाले पक्राउ गरेको हो । उनमाथि अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको सैनिक मुख्यालयले जनाएको छ ।

आफ्नो जन्म मितिमा कीर्ते गरी एक वर्षअगाडि नै अवकाशमा जान लागेको भन्दै पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएसँगै स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको छ ।

प्रतिक्रिया