शनिबार, चैत ७, २०८२

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

मेरोन्यूज २०७९ पुष १९ गते १५:५३

काठमाडौँ । आज सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ बिन्दुमा आएर बन्द भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सेयर बजार घटे पनि कारोबार रकम वृद्धि भएको छ । कूल २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । जसबाट तीन अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।

हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको नौ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

कूल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै तीन कम्पनी स्थिर रहेको छ । १३ उपसूचकमध्ये चार कम्पनी उकालो लागेको छ ।

प्रतिक्रिया