आजाद ‘पत्नी’ गोमालाई बनाउला एमालेले राष्ट्रपति उम्मेदवार ?

सत्ता गठबन्धन दलमा प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोजेपछि राष्ट्रपति गठबन्धनको ठूलो दल एमालेले लिँदैछ । एमालेबाट राष्ट्रपति को ?
धेरैजसोले संविधानसभाका अध्यक्ष समेत भईसकेका सुवास नेम्वाङको चर्चा गर्छन् । कतिपयले यसपटक निर्वाचन नै नलडेकी अष्ट्रलक्ष्मी शाक्य सम्मको चर्चा गरेका छन् । युवराज ज्ञवालीको नाम पनि यदाकदा केही एमाले नेताहरुले लिएका छन् ।
प्रतिनिधिसभामा चुनाव उठेर पनि पराजित भएका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि राष्ट्रपतिको लविङमा देखिन्छन् । तर एमालेमा राष्ट्रपति, सभामुख लगायतका पदमा अध्यक्ष केपी ओलीले जसलाई अगाडी सार्छन्, उही पात्र नै एमालेको सर्वसम्मत उम्मेदवार हुन्छन् ।
ओलीले यस बारेमा केही बोलेका छैनन । तर उनले अहिले चर्चामा रहेका नेताहरु भन्दा भिन्न चर्चा नै नरहेको पात्र राष्ट्रपति उम्मेदवारका रुपमा अगाडी सार्न सक्ने सम्भावना बलियो रहेको एमालेका एक पदाधिकारीले मेरोन्यूजसँग बताए ।
राष्ट्रपति सेरोमोनिलय पद मात्रै होइन, यो सम्वैधानिक पद पनि हो । विगतमा ओलीको दुई दुई पटकको संसद विघटन देखि नागरिकता विधेयकसम्म अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाका कारण राष्ट्रपति सेरोमोनियल पद मात्रै हो भन्न् सकिदैन । जसकाकारण पनि ओली आफना अति विश्वासिलो र वफादार पात्रलाई राष्ट्रपतिका रुपमा अगाडी सार्न चाहान्छन् ।
अहिले चर्चामा रहेका नेताहरु पनि ओलीसँग निकट नै छन् । उनीहरुबाटै ओलीले राष्ट्रपतिका उम्मेदवार चयन गर्लान् ? एमालेका ती नेताले भने, –‘अहिले चर्चामा रहेका नेम्वाङ, पोखरेल ओलीकै विश्वासपात्र नेता हुन् । अष्टलक्ष्मी र युवराज ज्ञवालीले पनि पछिल्लो समय ओलीसँग सम्वन्ध सधारेकै देखिन्छन्, तर उहाँहरु भन्दा बाहिरबाट ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना अधिक छ ।’
वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ मा सकिदैछ । अहिलेका राष्ट्रपतिलाई फेरि राष्ट्रपति बन्न संविधानले नै रोक्नेछ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन नियमावली २०७४ अनुसार राष्ट्रपतिको कार्याकाल सकिनु एक महिना अगाडी नै चुनाव गराईसक्नुपर्ने कानुनी ब्यवस्था छ । त्यसो हुँदा माघ २८ सम्म नयाँ राष्ट्रपतिको चुनाव गराईसक्नुपर्ने छ । अबको ३९ दिनभित्रै देशले नयाँ राष्ट्रपति पाउने हुँदा आगामी ५ वर्षका लागि राष्ट्रपति को बन्लान् भन्ने चासो राजनीतिक वृत्तमा वढी नै छ ।
अहिले चर्चामा रहेका नामको विकल्पमा माओवादी छोडेर एमाले बनेका र एमालेका अहिलेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल)को नाम पनि यदाकदा नेताहरुका वीचमा उठने गरेको छ । बादल चुनावमा नउठेको, जनजाति पृष्ठभूमिका उपल्लो स्तरका नेता समेत रहेको र ओलीको अप्ठ्यारोमा बरु माओवादी पार्टी र लामो सहकार्य गरेका प्रचण्डसँगको साइनो सम्वन्ध नै तोडेर भएपनि ओलीलाई साथ दिएको नेता भएकाले ओलीले उनलाई नै कतै राष्ट्रपतिका रुपमा अगाडी सादै त छैनन ? प्रश्न एमालेवृत्तमा यो पनि उठेको छ ।
तर एमालेका पदाधिकारी समेत रहेका नेताले यसपटक ओलीले राष्ट्रपतिमा गोमा देवकोटालाई अगाडी सार्नसक्ने वताए । ‘अध्यक्ष ओलीसँग अनेक विकल्प छन्, ति विकल्पमध्येवाट अन्तिममा गोमा देवकोटालाई उहाँले राष्ट्रपतिका रुपमा अगाडी सार्न सक्नुहुन्छ, यो वलिायो सम्भावना छ,’ ती नेताले भने, –‘ओलीले राष्ट्रपतिमा खोजेको विश्वासिलो र भरपर्दो पात्रका हिसावले र अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीको पनि गोमालाई अगाडी सार्दा नाइनास्ती नहुने भएकोले उहाँ राष्ट्रपतिका बलियो उम्मेदवार हुन सक्नुहुन्छ,’ ती नेताले भने ।
ओलीले राष्ट्रपतिको उम्मेदवार छनौट गरिरहँदा यसपटक वर्तमान राष्ट्रपतिको पनि समर्थन खोज्नुपर्ने वाध्यता छ । विद्याले यसमा चासो राखेकी कारण ओलीले परमर्श बिनै सिधै आफनो खुसीमा मात्र राष्ट्रपतिको उम्मेदवार चयन गर्नसक्ने अवस्था अहिले एमालेमा छैन ।
गोमालाई अगाडी सार्दा राष्ट्रपति भण्डारीको पनि साथ हुने भएकोले ओलीले गोमालाई सार्न सक्ने सम्भावना अधिक रहेको ती नेताले मेरोन्यूजलाई बताए ।
गोमालाई राष्ट्रपतिमा अगाडी सारिरहँदा राष्ट्रपति ताकेर बसेका सुवास नेम्वाङलाई भने ओलीले फेरि सभामुखमै प्रस्ताव गर्नसक्ने सम्भावना छ । सभामुख माघ १० भित्रै संसदले पाइसक्छ । राष्टपति भन्दा सभामुख अगाडी चयन हुने हुँदा पनि नेम्वाङलाई ओलीले पहिलो विकल्पका रुपमा सभामुखमै फेरि अडकाउन सक्ने एमाले नेताहरु बताउँछन् ।
नेम्वाङ राष्टपति भएमा ओलीलाई जति गोमासँग काम गर्न सहज हुन्छ, त्यक्ति सहज नेम्वाङसँग नहुनसक्ने ओलीले ठानेको देखिन्छ । सोहीकारण पनि नेम्वाङलाई प्रधानमन्त्री बन्न सक्ने सम्भावित लिडरका रुपमा प्रस्तुत गदै ओलीले राष्ट्रपतिमा रोक्न सक्ने सम्भावना अधिक छ ।
त्यसो हुँदा नेम्वाङले सभामुखमा फेरि रुची नदेखाए छविलाल विश्वकर्मालाई ओलीले सभामुखका रुपमा अगाडी सार्नसक्ने देखिन्छ । संसदीय दलको उपनेतामा नेम्वाङलाई राखेर अहिले सभामुखमा विश्वकर्मालाई ओलीले अगाडी बढाउन सक्ने सम्भावना बढी रहेको नेताहरुको तर्क छ । यधपी सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ पनि लविङमा देखिन्छन् ।
तर सुब्बालाई पार्टी संगठनकै जिम्मेवारीमा परिचालन गर्ने गरी अहिले सभामुखमा रोक्ने दाउमा ओली रहेको एमाले नेताहरु बताउँछन् ।
को हुन् गोमा देवकोटा ?

गोमा शहीद पत्नी हुन् । सिन्धुलीका चर्चित कम्युनिष्ट नेता ऋषि देवकोटा (आजाद)की पत्नी हुन् उनी । नेकपा एमालेको नवौं महाधिवेशनमा उनी पार्टीको केन्द्रीय समितिमा थिइन ।
एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष पनि थिइन् गोमा । रुखको पातमा लेखेर पढेकी देवकोटा अनेमसंघकी केन्द्रीय अध्यक्ष, संघिय सांसद र एमाले माओवादी एकताका बेला नेकपाकी केन्द्रीय सदस्य थिइन् । उनी आफैले पनि १० बर्ष भूमिगत जीवन विताएकी थिइन् । भूमिगत रहँदा ८ वर्ष उनले गण्डकी र अढाईवर्ष धौलागिरीको पार्टी संगठनको जिम्मा लिएर काम गरेकी थिइन ।
त्यसपछि २०४६ को बहुदलपछि भने उनले आफ्नै गृहजिल्ला सिन्धुलीको पार्टी राजनीतिमा रहेर काम गरेकी थिइन । पछि उनी संघीय सांसद देखि विधा भण्डारीले अखिह नेपाल महिला संघको नेतृत्व छोडेपछि नेतृत्व सम्हालेकी थिइन् ।
उनका छोरा सुवास अहिले एमालेको केन्द्रीय कमिटिमा छन् । सिन्धुलीबाट प्रदेशसभामा सुवासले चुनाव लडेपनि जित्न भने सकेनन ।
२०२४ सालमा गोमाले त्यक्तिवेला राजनीतिसँगै स्कुलको हेडमास्टर समेत रहेका ऋषि देवकोटा (आजाद) सँग विवाह गरेकी थिइन् । तर उनी २६ बर्षको हुदा नै २०३७ सालमा उनको श्रीमानको पक्राउपछि हत्या गरिएको थियो । त्यसपछि गोमाले पीडादायी राजनीतिक जीवनयात्रा गुजारेकी थिइन । उनको श्रीमानलाई नेपालका विभिन्न चिरामा रहेका कम्युनिष्टहरुले पनि आर्दश शहीदका रुपमा मान्ने गर्छन ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।
















Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
62nd Session of Programming Committee of SAARC convenes
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया