सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टरमा २० वर्षसम्मको वारेन्टी

काठमाडौँ । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसर सार्वजनिक गरेको छ । पहिलोपटक २० वर्षको वारेण्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको हो ।
सामसङको यो पहलले आफ्ना उत्पादनमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ई(वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरण प्रदान गर्दै दिगो जीवन शैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ ।
आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरूमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरूको गुणस्तरलाई अझ मजबुद बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दाबी छ ।
सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेण्टी ल्याएको छ ।
घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ । जुन आजको समयमा लागि चुनौतीको रुपमा खडा भएको छ । तसर्थ, यो पहलले हाम्रा उपभोक्ताहरूको आत्मविश्वास जित्दै हाम्रो सामानहरूमा दिगोपनको बाचासहितको ई वेष्टलाई न्यूनीकरण गर्ने हाम्रो उद्देश्यलाई टेवा पुग्ने छ ।
















लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया