आगजनीपछि चम्पावाती हाइड्रोको माग : काम अगाडि बढाउन सुरक्षा चाहियो

काठमाडौँ । गोरखा र लमजुङमा निर्माणाधीन चेपेखोला ए (७ मेगावाट)को जलविद्युतले लमजुङको राइनासटार सिँचाइ आयोजनालाई असर नपर्ने स्पष्ट पारेको छ ।
उक्त आयोजनको प्रवर्द्धक चम्पावाती हाइड्रोपावर कम्पनी लि.ले आज पत्रकार सम्मेलन गरी राइनासटार सिँचाइको मुहानदेखि दुई सय मिटरमाथि चेपे खोलाबाट बिजुली उत्पादन गरेको पानी छाडिने हुँदा सिँचाइलाई असर नपर्ने स्पष्ट पारेको हो ।
सिँचाइ आयोजनामा असर पर्ने भन्दै स्थानीयले गत मंसिर २४ गते आयोजनामा आगजनी तथा तोडफोड गरेका थिए । करिब ६५ प्रतिशत भौतिक निर्माण पूरा भइसकेको ९० करोड रुपैयाँ खर्च भइसकेको उक्त आयोजनामाथि आगजनीपछि निर्माण कार्य ठप्प हुँदै आएको छ ।
आगजनी गर्ने पक्षले उचालेको विषय नहरको इन्टेकभन्दा दुई सय मिटर तल पानी खसाल्न लाग्यो भन्ने छ, यसमा कुनै सत्यता छैन, आयोजनाको विद्युत गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भएअनुसार अहिलेको डिजाइनमा विद्युत गृहको टेलरेसबाट पानी जान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन नहरको इन्टेकभन्दा १६० मिटरमाथि रहेको छ, विद्युत गृहको टेलरेसबाट पानी निस्कने लेभल र नहरको मुहानको लेभल करिब दुई सय मिटरको फरकमा रहेको छ ।’

उक्त आगजनी र तोडफोडको घटनामा संलग्न रहेको भन्दै आयोजनाले राइनास नगर उपप्रमुख पुष्पराज खनाल, राइनासटार सिँचाइ जल उपभोक्ता समूहका अध्यक्ष फणिन्द्र चिलुवाल, सचिव हरिप्रसाद चिलुवाल, कोषाध्यक्ष गोविन्दराज न्यौपाने, उपभोक्ता नारायण अधिकारी, इन्जिनियर प्रकाश न्यौपाने, कांग्रेस राइनास नगर सभापति श्रीकृष्ण पौडेल र एमाले राइनास नगर कमिटी सचिव बलराम घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीले आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही र आगजनीबाट भएको क्षतिपूर्तिको माग गरेको छ ।
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया