शुक्रबार, वैशाख १८, २०८३

म्यानचेस्टर युनाइटेडको बर्नमाउथमाथि ३-० को सहज जित

मेरोन्यूज २०७९ पुष २० गते ७:१८

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथमाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । मंगलबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा क्यासमिरो, लुक श र मार्कस रासफोर्डले समान १-१ गोल गरेका थिए।

Advertisement
NiccNicc

यससँगै युनाइटेडले लिगमा १७ खेलबाट ३५ अंक हात पारेको छ। यो टोली चौथो स्थानमा छ।

यसअघि लिगका सुरुवाती खेलमा राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेड पछिल्लो समय भने लयमा देखिएको छ।

उसले लिगका पछिल्लो चार खेलमा जित हात पारेको छ।

प्रतिक्रिया