शनिबार, चैत ७, २०८२

आइएमई पे र आईएमई लाइफ इन्सोरेन्सबीच यस्तो भयो सम्झौता

मेरोन्यूज २०७९ पुष २० गते ११:५६

काठमाडौँ । आइएमई पे र आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक गर्ने सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौता अनुसार आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा त्यस्तो सुविधा पाउनेछन् ।


सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।


सम्झौता पश्च्यात आई. एम. ई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।


प्रयोगकर्ताले भुक्तानी गरेपछि रू. १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका साथैं प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया