सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०७९ पुष २१ गते १७:०२
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी तथा छिमेकी राष्ट्रलगायतका केही देशमा संक्रमणको नयाँ स्वरूप देखा परेकाले सतर्क रहन भनिएको हो ।
नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।
बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
एक अर्कामा भौतिक दुरी कायम राख्न, व्यक्तिगत सरसफाईलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया