नेपाल टी-२० : जनकपुरले हरायो शीर्ष स्थानको लुम्बिनीलाई

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० लिगको शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र जोडेको थियो ।
लुम्बिनीका अनिल साहले ३५, लहिरु मिलन्थाले ३२, सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे भने जनकपुरका ट्रिभोन ग्रिफिथले ३, समिउल्लाह सिन्वारीले २ र ललित राजवंशीले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
जनकपुरका लागि ग्रिफिथले ४७, सरफुद्दिन अस्रफले ३४, खड्क बोहराले २२, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रन जोडे ।
लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ र इसान पाण्डे र प्याट ब्रोनले एक÷एक विकेट लिए ।
जनकपुरसँग पराजित भए पनि लुम्बिनी लिगको शीर्ष स्थानमै छ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया