मंगलबार, वैशाख २२, २०८३

सेनेगलमा बस दुर्घटना ३८ जनाको मृत्यु,९० व्यक्ति घाइते

मेरोन्यूज २०७९ पुष २४ गते १८:१८

काठमाडौँ । सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । घटनामा ९० जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए ।

भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुरु भएको उनले बताए । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उनको भनाइ थियो ।

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि, यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।

प्रतिक्रिया