स्वास्थ्य विभागद्वारा खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने बताएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताए ।
यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो ।
जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया