स्वास्थ्य विभागद्वारा खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग

हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने बताएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताए ।
यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो ।
जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया