तरकारी जोन बन्यो उदयपुरको बेलका नगरपालिका

उदयपुर । पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।
जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।
जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताएका छन् । उनले यसपटक मात्रै रू पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताए । “किसानहरुले रू ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ”, उनले भने ।
बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताए ।
गत वर्षमात्र बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा रू ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताए ।
नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा अघि बढाएको बताएका छन् । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रुपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उनले जानकारी दिए ।
सुनसरी, झापा मोरङ तथा सिरहा र सप्तरीमा उत्पादन हुने तरकारीभन्दा गुणस्तरीय र सस्तो मूल्यमा तरकारी उत्पादन हुन थालेपछि यहाँबाट ती क्षेत्रमा तरकारी बिक्री बढेका तपेश्वरी गाउँपालिकाका पूर्व अध्यक्ष डिल्ली बिमलीको भनाइ छ ।
हिउँदे र बर्खे लहरे तरकारी गरी हाल यस क्षेत्रमा दश प्रकारका हरियो तरकारी उत्पादन भइरहेको छ । नगरभित्र पाँच सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन् । प्रत्येक किसानहरुले वार्षिक रू ५० हजारदेखि साढे दुई लाखसम्म तरकारी बिक्री गरी आम्दानी गर्दै आएको किसान दुर्गेस कार्कीको भनाइ छ ।
विसं २०६८ बाट सीमित किसानले सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले नगरका अधिकांश वडाका किसानले गर्दै आएका छन् ।















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया