सेयर बजार दोहोरो अंकले गिरावट, कारोबार रकम रेकर्ड
मेरोन्यूज
२०७९ पुष २६ गते १५:३८

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ ।
सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लाग्दा पाँच अर्ब बढीको कारोबार भएको थियो ।
मंगलबार २५४ कम्पनीको कारोबार हुँदा दुई करोड आठ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा सात अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै, आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
दोश्रोमा एपीआई पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।
यस्तै, कूल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ ।
सम्बन्धित
















ह्वात्तै घट्यो वायु प्रदूषण
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया