ग्रिनफिल्ड जुनियर उसु माघमा

काठमाडौं । कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
कालभैरब उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठले जुनियर बाटै भविष्यमा प्रतिभावान खेलाडी पहिचान गर्न सकिने र अरुलाई पनि यस्तो प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यस प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थपिनुका साथै खेल स्तर वृद्धमा समेत टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।
करिब ९ लाख ९४ हजार अनुमानित बजेटमा हुन लागेको कालभैरब उसु क्वानका कोषाध्यक्ष विजय सिन्जालिले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्वीतिय र तृतीय हुने टिमलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने साथै थाउलु र सान्सौ विधाका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गर्ने क्वानका सचिव हरिप्रसाद गोलेले जानकारी दिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया