नेपाल टी २० लिगः उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं, २७ पुस । नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।
लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो । क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो ।
समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ । पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो ।
लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मंगलबार जनकपुरलाई हराउदै लुम्बिनीसँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन ।
यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन् । उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ ।
काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो ।
विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया