सोमबार, चैत ९, २०८२

नेपालमा पानासोनिक लाइफ सोलुशन इण्डियाको शोरुम सञ्चालन

मेरोन्यूज २०७९ पुष २८ गते १६:१२

काठमाडौँ । भारतमा विद्युतीय निर्माण सामाग्री (इसिएम)को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक पानासोनिक लाइफ सोलुसन्स इण्डियाले नेपालमा शोरुम सञ्चालनमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले सार्क क्षेत्रमै २१ औँ र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम सञ्चालनमा ल्याएको हो । इसिएम स्पेसबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ ।

अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज ज्याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनौट सहितका उत्पादनहरु सोरुममा उपलब्ध गराउने छ ।

कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ ।

प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गइरहेको छ । कम्पनीले सहरी उपभोक्ताहरूलाई लक्षित गर्दै समग्रमा फर्स्ट ह्याण्ड अनुभवमार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने लक्ष्य राखेको
छ ।

पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल इस्टेट संग सम्वन्धितहरू, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकको काम गर्नेमा कम्पनीले विश्वस व्यक्त गरेको छ ।

प्रतिक्रिया