सोमबार, चैत ९, २०८२

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ

मेरोन्यूज २०७९ पुष २८ गते १७:४०

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालकमध्ये चिन्तामणि भट्टराईलाई सञ्चालक समितिको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरी विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रही काम गरेका छन् ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लि. का नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रवन्धक दिपक खनालको उपस्थिति थियो ।

प्रतिक्रिया