विश्वकै ५२ औँ स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा

काठमाडौँ । ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो ।
सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट कल्बको ५२ औँ स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।
टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नु पर्छ ।
मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तलको भागमा ‘इट्स कुल लेट्स गो’मा क्लिक गर्नुपर्छ ।
प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नु पर्ने छ ।
एलओडी डिजे म्याग टप १०० को छनौटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए । सय क्लबको छनौटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्न सक्न जाने सन्देश जाने धारण व्यक्त गरे ।
‘एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ कुँवर भन्छन, ‘सन् २०२२ टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ । क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौ । यसपटक पनि राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौ ।‘
पुनः उत्कृष्ट क्लबमा पार्न सबै जनाको साथ आवश्यक रहेको उनले प्रस्ट पारे । रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनको भनाइ छ ।
५२ औँ स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्को कुँवरको भनाइ छ । सन २०२३ मा टप १०० मा क्लब पर्न सकेमा स्वदेशी तथा विदेशी क्लबका पारखीको संख्या बढ्ने उनले बताए ।
पछिल्लो समय क्लबका कारण रात्रीकालीन व्यापार व्यवसाय गर्नेलाई सहज भइरहेको उनले सुनाए । पर्यटकीय क्षेत्र ठमेलमा भाडाका सवारीसाधनको आम्दानीको स्रोत बढिरहेको उनले उल्लेख गरे ।
‘क्लबले सयौँलाई रोजगारी प्रदान गरेको छ,’ कुँवरले अगाडि थपे,’ ‘क्लक खुलेपछि साना व्यवसायीको संख्या बढेको छ, मृत गल्लीलाई जाग्नेसमेत बनाएका छौँ ।‘
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया