चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड
मेरोन्यूज
२०७९ पुष २९ गते ९:०२
काठमाडौं । चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।
चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए ।
५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए ।
२५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।
सम्बन्धित
















सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया