अर्घाखाँचीमा ४७ फिटको त्रिशूल स्थापना
मेरोन्यूज
२०७९ पुष २९ गते १०:४१

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो ।
धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए।
सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ ।
त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु विभिन्न संरचनाहरुसमेत तयार गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
सम्बन्धित
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया