सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
मेरोन्यूज
२०८२ चैत २८ गते १४:३१

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गरे । यसलाई उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनको चुनौतीका रूपमा चित्रण गरे ।
नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुवै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उनको गुनासो थियो । संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
सम्बन्धित
















निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया