खाद्यान्नमा आत्मनिर्भर बन्यो दाङ

दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्का अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ । यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार जिल्लामा रहेको जनसङ्ख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ । तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ । मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन् । धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ । जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र मसिनो चामल आउने गरेको पाइएको छ ।
प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक दुई सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउँछन् । जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन हुने गरेको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७८/८९ मा ३३ हजार पाँच सय ४० मेट्रिक टन खाद्यान्न बचत भएको थियो । जिल्लामा कूल आवश्यक पर्ने प्रशोधित खाद्यान्न एक लाख ३५ हजार नौ सय ३२ मेट्रिक टन रहेको कृषि अर्थविज्ञ लामिछानेको भनाइ रहेको छ । खानका लागि प्रयोग हुने उपलब्धता खाद्यान्न एक लाख ६९ हजार चार सय ७२ मेट्रिक टन रहेको उनले बताए । २०७८ सालको जनसङ्ख्याको प्रारम्भिक नतिजाअनुसार ६ लाख ७६ हजार दुई सय ७७ रहेको थियो । जिल्लाको जनसङ्ख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।
जिल्लामा धान खेती ३९ हजार चार सय हेक्टरमा खेती हुने गरेको छ । यसमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ । बीउका लागि एक हजार नौ सय ७० मेट्रिक टन, खानयोग्य ७८ हजार सात सय २३.२२ मेट्रिक टन, अखाद्य प्रयोग तीन हजार नौ सय ३६.१६ मेट्रिक टन, दानामा प्रयोग तीन सय ९३.६ मेट्रिक टन हुने गरेको छ भने प्रशोधित, नोक्सानी भएर बाँकी ७४ हजार तीन सय ९३.४ मेट्रिक टन रहने गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा वर्षातका कारण २७ हजार मेट्रिक टन धानमा क्षत्ति पुगेको थियो ।
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया