मुगुमा एक शिक्षकको मृत्यु

मुगु । मुगुकाे सोरु गाउँपालिका-४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामबृक्ष सिंहको मृत्यु भएको छ ।
गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने सक्ने अनुमान गरिएको छ । यसको पूर्ण रूपमा जानकारी प्राप्त भएको छैन । जिल्ला अस्पतालले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यकिन जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
जनकपुर । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ ।
नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन् ।
जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । तत्कालका लागि तीनै जना बिना बिभागियको रहेका छन । मुख्यमन्त्री यादवका अनुसार उनीहरुलाई पछि जिम्मेवारी तोकिने छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया