मुगुमा एक शिक्षकको मृत्यु

मुगु । मुगुकाे सोरु गाउँपालिका-४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामबृक्ष सिंहको मृत्यु भएको छ ।
गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने सक्ने अनुमान गरिएको छ । यसको पूर्ण रूपमा जानकारी प्राप्त भएको छैन । जिल्ला अस्पतालले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यकिन जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
जनकपुर । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ ।
नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन् ।
जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । तत्कालका लागि तीनै जना बिना बिभागियको रहेका छन । मुख्यमन्त्री यादवका अनुसार उनीहरुलाई पछि जिम्मेवारी तोकिने छ ।
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया