सोमबार, चैत ९, २०८२

राष्ट्र बैंकको रिपोर्टमा कस्तो छ देशको आर्थिक अवस्था ? (पूर्णपाठ)

मेरोन्यूज २०७९ पुष २९ गते १३:४८

काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालबाट निर्यात हुने वस्तुमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका प्रतिवेदनअनुसार सो अवधिमा जम्मा ६७ अर्ब ३० करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अघिल्लो वर्ष सोही अवधिमा १०५.६ प्रतिशतले वृद्धि भएको निर्यात भारी मात्रमा कटौती भएको हो । ‘आर्थिक वर्ष २०७९-८० को पाँच महिनामा कूल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्ब ३० करोड भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो ।’

यस्तै, मंसिर मसान्तसम्म सरकारका विभिन्न खातामा १८२ अर्ब ४३ करोड नगद मौज्दात रहेको छ । उक्त रकम प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत रहेको प्रतिवेदनमा उल्ले गरिएको छ ।

गत असार मसान्तमा सरकारको मौज्दात रकम २२७ अर्ब ६९ करोड रहेको थियो । गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो रकम करिब ४५ अर्ब रुपैयाँ कम हो ।

प्रतिक्रिया