काभ्रेमा रगत सङ्कलन अभियान सुरु
काठमाडौँ । जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत संकलन अभियान सञ्चालन गर्ने भएको छ ।
विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान थालिएको शाखाका अध्यक्ष रघुनाथ हुमागाईंले बताए । उनका अनुसार बैङ्कमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रक्तदानमा आउने क्रम घट्दो छ ।
शाखालाई डेनिस रेडक्रसको सहयोगमा विभिन्न खालको रगत तयार गर्ने मेसिन प्रदान गरिएको छ । यीमध्ये पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु पाँच दिन मात्रै हुन्छ ।
हुमागाईंका अनुसार काभ्रेपलाञ्चोकमा मात्रै होइन भक्तपुरमासमेत रगत पाउन छाडेपछि बिरामी जोखिममा पर्ने हुँदा विभिन्न सङ्घसंस्था एवम् सरोकारवालालाई जिल्लास्थित रेडक्रसका २९ उपशाखाको अगुवाईमा रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ ।
अरनिको र विपी राजमार्गको सहजताले धुलिखेल सामुदायिक अस्पताल तथा बनेपास्थित शिर मेमोरियल र अन्य नीजि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दैनिक बढ्दो रहेको जनाइएको छ ।
धुलिखेल अस्पतालमा मात्रै दैनिक पाँच सयभन्दा धेरै बिरामीले दैनिक उपचार गराइरहेका छन् । स्वास्थ्य बीमाका कारण नियमित परीक्षणका लागि करिब दुई हजार बिरामी अस्पताल आउने गरेको तथ्याङ्कले देखाएको छ ।
विविध कारण बिरामीलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको बताइन्छ । “रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ, हामी अभियानमार्फत रक्तदान गर्ने बानी बसाल्न प्रेरित गर्दैछौँ”, हुमागाईंले भने ।
केही रक्तदाताले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले रक्तदान गर्न छाडेको बताएका छन् । केही नीजि अस्पतालले रक्तदान गर्ने व्यक्तिलाई रकम पनि दिन थालेको पाइएको छ ।
सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकमा त्यहाँका विभिन्न अस्पतालबाटसमेत बिरामीका रगत माग हुँदै आएको हुमागाईंले बताए । उनका अनुसार दुर्लभ समूहको रक्तदाता पाउन छाडिएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया