सोमबार, चैत ९, २०८२

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मेरोन्यूज २०७९ पुष ३० गते १७:१०


लमजुङ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मर्स्याङ्दी कोरोडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवन जिल्लामा २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ । कुल एक सय १२ किलोमिटर लामो सो आयोजनामा मर्स्याङ्दी नदी र आसपासमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत जडान गरिने आयोजनाले जनाएको छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, वातावरण तथा सामाजिक अध्ययन विभागका प्रकाश गौडेलले आयोजनाको समष्टिगत प्रभाव मूल्यांकनका मस्यौदा प्रतिवेदनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा विभागमै कार्यरत विनोद प्याकुरेलले जैविक विविधताको बारेमा मस्यौदा प्रतिवेदनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

सार्वजनिक मस्यौदा प्रतिवेदनमा आयोजनाले पार्ने प्रभावसँगै प्रभावितको समस्या तथा मागका बारेमा पनि सम्बोधन हुनुपर्ने, आयोजना निर्माणका क्रममा जैविक तथा समष्टिगत रूपमा कम क्षति हुनेगरी काम गर्नुपर्ने, सम्भावित क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास गर्नुपर्ने सुझाव उल्लेख गरिएको छ ।

सो आयोजनाले सन् २०१८ मै मनाङ उदिपुर खण्डअन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति गराइसकेको थियो । सोही वातावरणीय अध्ययनको प्रारम्भिक प्रतिवेदनमा आधारित भएर जैविक विविधता एवं समष्टिगत प्रभाव मूल्याँकन गरिएको आयोजनाले जनाएको छ ।

मर्स्याङ्दी कोरीडोरमा आधारित भएर गरिएको अध्ययनले सो करिडोरअन्तर्गत जैविक विविधता र समष्टिगत प्रभाव र चुनौतीका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया