आर्सनललाई आठ अंकको अग्रता
मेरोन्यूज
२०७९ माघ २ गते ९:१५

काठमाडौं । टोटनहमलाई २–० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।
खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।
आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो ।
जितपछि १८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ ।
सम्बन्धित















प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया