बुर्ज खलिफामा देखाइयो पठानको ट्रेलरः शाहरुख खान पनि उपस्थित

सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर शनिबार (१५ जनवरी) राति विश्वको सबैभन्दा अग्लो बुर्ज खलिफामा रिलिज देखाइएको छ । यो पल हिन्दी सिनेमा र शाहरुखका सबै फ्यानका लागि निकै विशेष छ । त्यहाँ शाहरुखले आफ्नो सिग्नेचर पोज पनि दिएका थिए । यस विशेष अवसरमा शाहरुख खान पनि उपस्थित थिए । यस क्रममा शाहरुख म्याचिङ ज्याकेट र कालो क्याजुअलमा देखिएका थिए ।
शाहरुख खान करिब चार वर्षपछि पठानका साथ ठूलो पर्दामा फर्किएका छन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्। फिल्मको बजेट करिब २५० करोड रहेको छ । फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्री भएको छ ।
यो फिल्ममा शाहरुख बाहेक दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यशराज फिल्म्सले यसअघि एक था टाइगर, टाइगर जिन्दा है र वार जस्ता स्पाइ थ्रिलर फिल्म बनाएको छ । अब यो सूचीमा पठानको नाम पनि थपिने भएको छ ।
पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया