विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै
मेरोन्यूज
२०७९ माघ ३ गते ७:५३
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ ।
दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन । पहिचान भएका शव आफ्न्तलाई बुझाईने छ । भने पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया