शुक्रबार, माघ ११, २०८१

राष्ट्र बैंकले आज ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने

मेरोन्यूज २०७९ माघ ३ गते १२:५५

काठमाण्डौ । नेपाल राष्ट्र बेंकले जारी गरेको ९१ दिन अवधिको २ अर्ब २० करोड रुपैयाँको ट्रेजरी विलको बोलकबोल आज गर्ने भएको छ । राष्ट्र बैंकले हिजो तय गरेको बोलकबोल सार्वजनिक विदाका कारण आज सारेको हो । ९१ दिन अवधिको यस ट्रेजरी विल २०८० बैशाख ५ गते परिपक्व हुनेछ ।

Advertisement

राष्ट्र बैंकले आज मंगलबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल गर्नेछ । बोलकबोलमा सबै बैंक वित्तीय संस्थादेखि लिएर संगठित संस्था र सर्वसाधारणको समेत सहभागिता रहनेछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रतिक्रिया