नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरीद्धारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
सोमबार राती टुंगिएको दलिय भागवण्डामा स्वास्थ्य नेकपा एमालेलाई परेको थियो । सोही अनुसार एमालेले गिरीलाई स्वास्थ्यमन्त्री बनाएर पठाएको हो । गिरी गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट सांसद पदमा निर्वाचित भएका थिए ।
यसै गरी स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोषिमा कार्कीले पनि पद तथा गोपनीयताको शपथ लिए संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छन् ।
डा कार्की ललितपुर ३ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य राज्यमन्त्री भएकी हुन् ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया