ऐश्वर्या रायले कर नतिरेपछि राजश्व विभागकाे नाेटिस
मेरोन्यूज
२०७९ माघ ३ गते १४:५६

नायिका ऐश्वर्या राय बच्चनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। जग्गाको कर नबुझाएको भन्दै ऐश्वर्यालाई राजश्व विभागले नोटिस पठाएको हो । नायिकाको नासिकको सिन्नरको अडवाडी शिवरतमा जग्गा रहेको छ । यो जग्गाको एक वर्षको कर २१ हजार ९६० रुपैयाँ बाँकी छ ।
सिन्नारको थानगाउँ नजिकै अडवाडीको पहाडी क्षेत्रमा ऐश्वर्याको करिब १ हेक्टर जमिन रहेको बताइएको छ । यस जग्गामा ऐश्वर्याले एक वर्षको कर तिर्नुपर्ने जानकारी आएको छ । ऐश्वर्यासँगै अन्य १२ सय सम्पत्ति मालिकलाई पनि कर बक्यौताको लागि नोटिस जारी गरिएको छ ।
नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ । तर, यस विषयमा ऐश्वर्या रायले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सम्बन्धित










धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
एमालेको मतदान अन्तिम चरणमा, केही बेरमा परिणाम सार्वजनिक हुने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया