सुशान्त सिंह राजपुतको प्रिय कुकुर फजको निधन, भावुक फ्यानले लेखे- सुशान्तलाई स्वर्गमा भेट्ने छ

सुशान्त सिंह राजपुतले यो संसारलाई बिदा गरेको साढे दुई वर्षभन्दा बढी भइसकेको छ। उनका फ्यानहरूले अहिले पनि उनलाइ सम्झिएर सामाजिक सञ्जालमा निकै भावुक हुन्छन् । अभिनेता राजपुतको मृत्यु रहस्य नै बनेको छ।
तर, यसैबीच अर्को एउटा हृदयविदारक खबर बाहिर आएको छ । सुशान्त सिंह राजपुतको सबैभन्दा प्यारो कुकुर फजको निधन भएको छ । अभिनेताको मृत्युको साढे दुई वर्षपछि उनको कुकुरको पनि मृत्यु भएको हो । सुशान्त सिंहकी बहिनीले आफ्नो ट्विटर एकाउन्टमा फ्यानलाई यो जानकारी दिएकी छिन् । यो खबरपछि फ्यानहरू निकै दुखी भएका छन् ।
कुकुरले र दाइ सुशान्तलाई माया गरिरहेको तस्विर सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘लामो समय फज। तिमीले स्वर्गमा आफ्नो साथीलाइ भेटेका छौ। हामी पनि छिट्टै आउने छौँ । तब सम्म……यो धेरै हृदयविदारक छ।’
फ्यानले प्रियंका सिंहको ट्विटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस फज। केही भन्दिन । यो हामी सबैको लागि हृदय विदारक समाचार हो। तर फज सुशान्त सिंह राजपूतका सच्चा साथी थिए।’
अर्का फ्यानले लेखेका छन्, ‘म धेरै भारी हृदयले यो पढ्दैछु। फजको आत्माले शान्ति पाओस। मलाई आशा छ उनी सुशान्तलाई स्वर्गमा भेट्ने छन्।’










चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया