सुशान्त सिंह राजपुतको प्रिय कुकुर फजको निधन, भावुक फ्यानले लेखे- सुशान्तलाई स्वर्गमा भेट्ने छ

सुशान्त सिंह राजपुतले यो संसारलाई बिदा गरेको साढे दुई वर्षभन्दा बढी भइसकेको छ। उनका फ्यानहरूले अहिले पनि उनलाइ सम्झिएर सामाजिक सञ्जालमा निकै भावुक हुन्छन् । अभिनेता राजपुतको मृत्यु रहस्य नै बनेको छ।
तर, यसैबीच अर्को एउटा हृदयविदारक खबर बाहिर आएको छ । सुशान्त सिंह राजपुतको सबैभन्दा प्यारो कुकुर फजको निधन भएको छ । अभिनेताको मृत्युको साढे दुई वर्षपछि उनको कुकुरको पनि मृत्यु भएको हो । सुशान्त सिंहकी बहिनीले आफ्नो ट्विटर एकाउन्टमा फ्यानलाई यो जानकारी दिएकी छिन् । यो खबरपछि फ्यानहरू निकै दुखी भएका छन् ।
कुकुरले र दाइ सुशान्तलाई माया गरिरहेको तस्विर सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘लामो समय फज। तिमीले स्वर्गमा आफ्नो साथीलाइ भेटेका छौ। हामी पनि छिट्टै आउने छौँ । तब सम्म……यो धेरै हृदयविदारक छ।’
फ्यानले प्रियंका सिंहको ट्विटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस फज। केही भन्दिन । यो हामी सबैको लागि हृदय विदारक समाचार हो। तर फज सुशान्त सिंह राजपूतका सच्चा साथी थिए।’
अर्का फ्यानले लेखेका छन्, ‘म धेरै भारी हृदयले यो पढ्दैछु। फजको आत्माले शान्ति पाओस। मलाई आशा छ उनी सुशान्तलाई स्वर्गमा भेट्ने छन्।’
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया