आइतबार, माघ १३, २०८१

राष्ट्रपति र सभामुख चयनमा सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

मेरोन्यूज २०७९ माघ ३ गते १८:५६

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख चयनमा सत्ता गठबन्धनसँग छलफल गर्न तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सत्ता गठबन्धनसँग छलफल गर्न तयार भएको हो ।

Advertisement

कांग्रेस संसदीय दलका नेता रमेश लेखकले सत्ता गठबन्धनसँग राष्ट्रपति र सभामुखबारे छलफल गर्न तयार भएको बताएका हुन् । उनले कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको दाबी गरेकोसमेत जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रमुख विपक्षी दलको हैसियतमा आएको बताएका थिए । उनले सभामुखको निर्वाचनमा भाग लिनेबारे आन्तरिक छलफल गरेर भोलि निर्णय गर्ने बताए ।

प्रतिक्रिया