शम्भुनाथका इञ्जिनियर घुससहित पक्राउ
मेरोन्यूज
२०७९ माघ ३ गते २१:०२
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका इञ्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
इञ्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।
इञ्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया