शाहरुखका लागि भाग्यशाली लामो कपाल

बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् ।
अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ । फिल्म ‘पठान’ अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट सावित भइसकेको छ ।
डन २
शाहरुख खानको फिल्म ‘डन’को सिक्वेल अर्थात् ‘डन २’ मा उनलाई लामो हेयर लुक्समा प्रस्तुत गरिएको थियो । सन् २०११ मा रिलिज ‘डन २’मा शाहरुखको लामो हेयर लुक्सको तारिफ गरिएको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मले बक्स अफिसमा एक सय ६ करोड बढी कलेक्सन गरेको थियो ।
ह्याप्पी न्यू इयर
सन् २०१४ मा रिलिज शाहरुखको फिल्म ‘ह्याप्पी न्यू इयर’ पनि यही सूचीमा सामेल छ । यो फिल्ममा शाहरुखले पौनी टेल हेयर स्टाइल बनाएका थिए । लामो कपालको यो लुक्स निकै भाइरल भएको थियो । उनको यो शैलीलाई फ्यानले कपि पनि गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ३ करोडको कमाई गरेको थियो ।
‘डन २’ र ‘ह्याप्पी न्यू ईयर’मा शाहरुखको लामो कपालले आफूलाई भाग्यशाली बनाए जस्तै ‘पठान’ पनि भाग्यशाली हुने दाबी उनका फ्यानको छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया