शाहरुखका लागि भाग्यशाली लामो कपाल

बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् ।
अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ । फिल्म ‘पठान’ अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट सावित भइसकेको छ ।
डन २
शाहरुख खानको फिल्म ‘डन’को सिक्वेल अर्थात् ‘डन २’ मा उनलाई लामो हेयर लुक्समा प्रस्तुत गरिएको थियो । सन् २०११ मा रिलिज ‘डन २’मा शाहरुखको लामो हेयर लुक्सको तारिफ गरिएको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मले बक्स अफिसमा एक सय ६ करोड बढी कलेक्सन गरेको थियो ।
ह्याप्पी न्यू इयर
सन् २०१४ मा रिलिज शाहरुखको फिल्म ‘ह्याप्पी न्यू इयर’ पनि यही सूचीमा सामेल छ । यो फिल्ममा शाहरुखले पौनी टेल हेयर स्टाइल बनाएका थिए । लामो कपालको यो लुक्स निकै भाइरल भएको थियो । उनको यो शैलीलाई फ्यानले कपि पनि गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ३ करोडको कमाई गरेको थियो ।
‘डन २’ र ‘ह्याप्पी न्यू ईयर’मा शाहरुखको लामो कपालले आफूलाई भाग्यशाली बनाए जस्तै ‘पठान’ पनि भाग्यशाली हुने दाबी उनका फ्यानको छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया