राखी सावन्तकी आमाकाे उपचारमा सहयाेग गर्दैछन् अम्बानी

राखी सावन्तकी आमा ब्रेन ट्युमरसँग लड्दै छिन् । हालै राखीले आफ्नी आमाको बिमारीको पीडा पोखिन् । यस्तो समयमा मुकेश अम्बानीले आफ्नी आमाको उपचारमा सहयोग गरिरहेको उनले बताइन्।
ड्रामा क्वीन राखी सावन्त यतिबेला निकै समस्यामा देखिन्छिन् । एकातिर राखी वैवाहिक जीवनलाई लिएर चिन्तित छिन् उता राखीकी आमा बिरामी छिन् । राखी सावन्तकी आमा यसअघि क्यान्सरबाट पीडित थिइन् । क्यान्सरपछि उनलाई ब्रेन ट्युमर भएको थियो । उनी अहिले अस्पतालमा भर्ना छिन् र उपचार भइरहेको छ ।
राखी भनिन्, ‘आमा चिन्न सक्नुहुन्न । आमा खान पनि सक्नुहुँदैन । आमाकोआधा शरीर पक्षाघात भएको छ ।’ थप कुरा गर्दै, उनी भन्छिन्, ‘म अम्बानी जीलाई धन्यवाद दिन चाहन्छु। अस्पतालको उच्चशुल्क घटाएर आमाको उपचारमा अम्बानी जी ले सहयोग गरिरहनु भएकाे छ ।’
राखीले आफ्नी आमा २ महिनादेखि अस्पतालमा भर्ना भएको पनि बताइन् । राखीको भिडियो हेरेपछि सबैले उनकी आमाको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया