राखी सावन्तकी आमाकाे उपचारमा सहयाेग गर्दैछन् अम्बानी

राखी सावन्तकी आमा ब्रेन ट्युमरसँग लड्दै छिन् । हालै राखीले आफ्नी आमाको बिमारीको पीडा पोखिन् । यस्तो समयमा मुकेश अम्बानीले आफ्नी आमाको उपचारमा सहयोग गरिरहेको उनले बताइन्।
ड्रामा क्वीन राखी सावन्त यतिबेला निकै समस्यामा देखिन्छिन् । एकातिर राखी वैवाहिक जीवनलाई लिएर चिन्तित छिन् उता राखीकी आमा बिरामी छिन् । राखी सावन्तकी आमा यसअघि क्यान्सरबाट पीडित थिइन् । क्यान्सरपछि उनलाई ब्रेन ट्युमर भएको थियो । उनी अहिले अस्पतालमा भर्ना छिन् र उपचार भइरहेको छ ।
राखी भनिन्, ‘आमा चिन्न सक्नुहुन्न । आमा खान पनि सक्नुहुँदैन । आमाकोआधा शरीर पक्षाघात भएको छ ।’ थप कुरा गर्दै, उनी भन्छिन्, ‘म अम्बानी जीलाई धन्यवाद दिन चाहन्छु। अस्पतालको उच्चशुल्क घटाएर आमाको उपचारमा अम्बानी जी ले सहयोग गरिरहनु भएकाे छ ।’
राखीले आफ्नी आमा २ महिनादेखि अस्पतालमा भर्ना भएको पनि बताइन् । राखीको भिडियो हेरेपछि सबैले उनकी आमाको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।










आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया