आइतबार, माघ १८, २०८२

डा. सन्दुक रुइतलाई प्रधामन्त्रीले दिए बधाई

मेरोन्यूज २०७९ माघ ५ गते ९:३२

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बधाई दिएका छन् ।

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

प्रचण्डले डा. रुइतले राज्यसँग गरेका अपेक्षाहरुलाई गम्भीरतापूर्वक लिने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”

डा. रुईत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा रुइतलाई प्रदान गरिन लागिएको हो ।

यो अवार्डलाई डा. रुइतले आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन्

प्रतिक्रिया