डा. सन्दुक रुइतलाई प्रधामन्त्रीले दिए बधाई

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बधाई दिएका छन् ।
प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रचण्डले डा. रुइतले राज्यसँग गरेका अपेक्षाहरुलाई गम्भीरतापूर्वक लिने पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”
डा. रुईत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा रुइतलाई प्रदान गरिन लागिएको हो ।
यो अवार्डलाई डा. रुइतले आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ र राज्यको प्रतिष्ठाको रूपमा पाएको बताएका छन्
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया