‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख

अभिनेता शाहरुख खानलाई बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।
३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो ।
‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो । म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्,‘मेरो अर्थ हो कि ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मनपर्छ र म राहुल र राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरा लागि यो सपना साँचो हुनुजस्तै हो ।’
सन् २०२२ मा बलिउडको निराशाजनक प्रदर्शनपछि सन् २०२३ मा सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ बलिउडको रिलिज हुन लागेको पहिलो फिल्म हो । यसअघि शाहरुखले फिल्म ‘जीरो’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए । ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष राणाको पनि अभिनय छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया