‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख

अभिनेता शाहरुख खानलाई बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।
३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो ।
‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो । म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्,‘मेरो अर्थ हो कि ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मनपर्छ र म राहुल र राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरा लागि यो सपना साँचो हुनुजस्तै हो ।’
सन् २०२२ मा बलिउडको निराशाजनक प्रदर्शनपछि सन् २०२३ मा सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ बलिउडको रिलिज हुन लागेको पहिलो फिल्म हो । यसअघि शाहरुखले फिल्म ‘जीरो’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए । ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष राणाको पनि अभिनय छ ।















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया