महाेत्तरीमा जनकपुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला

महोत्तरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना जनकपुर करिडोरले परियोजना अवधिभर गरेका कार्यहरूको स्वामित्व ग्रहण कार्याशालालाई तिव्रता दिएको छ । परियोजना सम्झौता अवधि एक बर्ष बाँकी रहदै आयाेजनाले मधेश प्रदेशका सात जिल्ला र बागमती प्रदेशको एक जिल्लामा स्वामित्व ग्रहण कार्याशालालाई तीव्रता दिएको हो ।
विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।
मधेश प्रदेशमा पर्सा बाहेक सात जिल्ला र बागमती प्रदेशको सिन्धुलीमा परियोजना सन्चालन गरिएको करिडोर संयोजक मोती गिरीले जानकारी दिए । सन् २०१५ मा सम्झौता भएर २०१७ बाट सन्चालनमा आएको परियोजना उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको संयोजकत्वमा रहेकाे छ ।
प्रदेश-१ को लागि ८ जिल्ला, मधेश प्रदेशमा ७ जिल्ला, बागमती प्रदेशकाे १ जिल्ला गरि आयोजनाले १६ जिल्लामा आयोजना कार्यान्वयन गर्दै आएको छ ।
आयोजनाको प्रमुख साझेदारमा नेपाल उधोग वाणिज्य माहासंघअन्तर्गत रहेका कृषि उद्यम केन्द्र, हेल्भाटस स्विस इन्टर को-अपरेसन नेपाल, अन्तराष्ट्रिय आप्रवासन संस्था छन् ।
गरिबी न्यूनिकरण तथा देशमा दिगो शान्ति हासिलका लागि रोजगारीका अवसर सिर्जना गर्दै समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने मुख्य लक्ष्य बाेकेको आयोजनाले सोहीअनुसार काम गर्दै आएको छ ।
बुधबार महोत्तरीको बर्दिवासमा सम्पन्न गोष्ठीमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले परियोजनाले गरेका कार्यप्रति खुसी ब्यक्त गरे ।
कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवर्द्धनका लागि उत्पादन कलष्टरहरूको सबलिकरण गर्ने मुख्य क्रियाकलापअनुसार अहिले बर्दिवासको उत्तरी क्षेत्र खयरमाराका धेरै युवा आत्मनिर्भर बनेका छन् ।
बर्दिवास नगरपालिकाका एक हजार ६ जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिममा सहभागी गराएर सिपयुक्त जनशक्ति उत्पादन गरेको परियोजनाले नगरप्रमुख क्षेत्रीलाई परियोजना अवधिभरको प्रतिवेदन समेत बुझाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया