शनिबार, चैत २८, २०८२

ज्याकलिनले ‘मनी लान्ड्रिङ’ मुद्दाकाे बयानमा भनिन्- सुकेशले मेरो करियर बर्बाद गर्‍यो

मेरोन्यूज २०७९ माघ ५ गते १५:२६

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज २०० करोडको ठगीसँग सम्बन्धित मनी लान्ड्रिङ प्रकरणका कारण चर्चामा छिन् । यस सम्बन्धमा बयान दिन बुधबार (जनवरी १८) मा उनी दिल्लीको पटियाला हाउस कोर्ट पुगिन्। सो क्रममा उनले अदालतमा सुकेशले आफ्नो भावनासँग खेलवाड गरेको बताएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

ज्याकलिनले अदालतमा भनिन्, ‘सुकेशले मलाई उनी मेरो ठूलो फ्यान भएको बताएका थिए । उनले मलाई साउथ फिल्ममा पनि काम गराउने बताए । सन टिभीको मालिकको हैसियतमा उनका धेरै प्रोजेक्ट थिए । त्यसपछि उनले मलाई साउथ फिल्ममा सँगै काम गर्ने बताए । सुकेशले मलाई धोका दियो, उसले मेरो करियर र मेरो जीवन बर्बाद गर्यो।’

मिडिया रिपोर्टका अनुसार ज्याकलिन फर्नान्डिसले अदालतमा आफ्नो बयानमा सुकेशले आफूलाई सन टिभीको मालिकको रूपमा परिचय गराएका थिए ।

ज्याकलिनले थप भनिन्, ‘मलाई पिंकी इरानीले पनि धोका दिएको छ । पिंकीलाई पनि सुकेशको बारेमा सबै सत्य थाहा भएर पनि उनले पनि मलाई यसबारे बताइनन्।’ यससँगै ज्याकलिनले सुकेशको आपराधिक गतिविधिबारे थाहा पाएपछि सुकेशको वास्तविक नाम थाहा पाएको बताएकी छन् ।

अदालतले यस मुद्दाको अर्को सुनुवाई जनवरी २५ मा राखेको छ ।

गत वर्ष, ईडीले सुकेश चन्द्रशेखर र अन्यहरू विरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिंग मुद्दामा चार्जशीट दायर गरेको थियो। सुकेशले तिहाड जेलमा सजाय काटिरहेका बेला एक व्यापारीकी श्रीमतीसँग पैसा असुलेको आरोप छ । ईडीले ज्याकलिनको बयान पनि प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट अन्तर्गत रेकर्ड गरेको छ। ईडीका अनुसार ज्याकलिन सुकेशको २०० करोड रुपैयाँ फिरौती प्रकरणमा महत्वपूर्ण साक्षी हुन्।

ज्याकलिनसँगै नोरा फतेही, चाहत खन्ना र नेहा कपूरजस्ता अभिनेत्रीको नाम पनि यस मुद्दामा जोडिएको छ । खबरका अनुसार सुकेशले शिल्पा शेट्टीलाई पनि सम्पर्क गरेका थिए।

प्रतिक्रिया