अस्पतालमा चित्रादेवी : प्रत्यारोपण गर्न मिर्गौला पाइन्, आर्थिक सहयोगको याचना

काठमाडौँ । मिर्गौला रोगबाट पीडित भएकी चित्रादेवी पाध्याको उपचार गर्न सहयोग जुटाउने प्रयास गरिएको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि शिक्षण अस्पताल काठमाडौँमा भर्ना भएकी पाध्याको उपचारमा खर्च अभाव हुन थालेको हो ।
बागलुङको जैमिनी नगरपालिका १ पाही (हाल कुश्मीशेरा टार)की स्थायीबासी भएकी उनको जीवन रक्षा गर्न परिवारले सहयोगको याचना गरिएको हो ।
४५ वर्षीया उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको तर मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएपछि अवस्था कठिन बन्दै गएको हो ।
उनको उपचारका लागि अहिलेसम्म सात लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उनका श्रीमान नारायण दत्त (नवराज) पाध्या आफैले मिर्गौला दिन तयार भएका छन् । तर, मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या देखिन थालेको हो ।
चार सन्तानकी आमा चित्रादेवीले मिर्गौला रोगबाट पीडित बनेसँगै पारिवारिक आर्थिक अवस्था कठिन बन्दै गएको छ । उनको उपचारमा सहयोग गर्ने शुभेच्छुकले ग्लोबल आइएमई बैंकमार्फत आर्थिक सहयोग गर्न सक्ने छन् । जसका लागि नारायण दत्त पाध्याको नाममा रहेको ०४५०७०१०००६७९५ खाता प्रयोग गर्न सक्ने छन् ।


















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया