शाहरुख खानका फ्यानको धम्की- २५ जनवरीमा आत्महत्या गर्छु

शाहरुख खानको फिल्म पठान रिलिज हुन अब केही दिन मात्रै बाँकी छ । यतिबेला शाहरुख फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् । यसैबीच उनका एक फ्यानले याे फिल्म पठान हेर्न नपाए आत्महत्या गर्ने बताएका छन् ।
उनले चलचित्रको टिकट किन्न आफुसँग पैसा नभएको चलचित्र हेर्ने ठूलो रहर रहेको भन्दै भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
पोखरीको किनारमा उभिरहेको अवस्थामा ति व्यक्तिले भिडियो बनाइरहेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मसँग फिल्मकाे टिकट किन्न पैसा छैन तर म यो फिल्म हेर्न चाहन्छु, म शाहरुख खानको ठूलो फ्यान हुँ, यदि उहाँ मलाई भेट्न अाउनुभएन र याे फिल्म हेर्न पाइन भने २५ जनवरीमा यसै पाेखरीमा हाम फालेर अात्महत्या गर्ने छु । प्लिज कसैले मलाई पठानको एक टिकट किनिदिनुहोस्।’
यो भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।
पठान चलचित्र यही जनवरी २५ मा रिलिज हुँदैछ । चलचित्रको टिकट अग्रिम बुकिङ सुरु भइसकेको छ । चलचित्र समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा पोष्ट गर्दै अहिलेसम्म फिल्मको करिब एक लाख १७ हजार टिकट बिक्री भइसकेको जानकारी दिएका छन् ।










माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया