नौ वर्षीय भतिजको हत्या आरोपमा काकासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ माघ ६ गते १७:०७

काठमाडौँ । एक बालकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । नौ वर्षीय बालकको हत्या गरी नदीमा शव फालेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका नौ वर्षीय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा उनकै काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय राम पक्राउ परेका हुन् ।
दाजुभाइबीचको जग्गाको विवाद हुँदा काकाले नौ वर्षीय भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ । मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते बागमती नदीमा फेला परेको थियो ।
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
सम्बन्धित
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया