सारा अली खानलाई डेट गर्दैछन् क्रिकेटर शुभमन गिल ?

भारतिय क्रिकेटर शुभमन गिल यतिबेला निकै चर्चामा छन् । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा क्रिकेट मैदानमा शुभमन गिलको अगाडि फ्यानहरू ‘सारा, सारा, सारा…..’ कराउँदै देखिएका थिए । शुभमन गिल र अभिनेत्री सारा अली खानबीच केही न केही चलिरहेको छ भँन्ने फ्यानहरूले अनुमान गर्न थालेका छन् ।
पञ्जाबी अभिनेत्री सोनम बाजवाले यो कुरालाई थप हवाइ दिएकी छिन् । अभिनेत्रीले एउटा ट्विट सेयर गरेकी छिन्, जसमा उनी ‘सारा’ को नाम अर्कै ढंगले लिएकी थिइन् ।
सोनम बाजवा र शुभमन गिलको एउटा भिडियो ट्वीटरमा भाइरल भइरहेको छ, जसमा दुवै हात मिलाउँदै गरेका देखिएका छन् । यो भिडियोमा फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कोही सोनमलाई शुभमनसँग जोडिरहेका छन् भने कोही उनको मित्रताको बारेमा सोधिरहेका छन् तर सोनमले आफ्नो र शुभमनबीच त्यसतो केही नभएको स्पष्ट पारेकी छिन् ।उनले बरु शुबमन गिल र सारा अली खानबीच केहि लिनु-दिनु भएकाे बताएकी छन् ।
उक्त भिडियोलाई रिट्वीट गर्दै सोनमले लेखेकी छिन्, ‘यो सारा को सारा झुठ हो।’ यससँगै सोनमले हाँसेको इमोजी समेत राखेकी छिन् ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया